नेपालबाट घुम्नजाने भिषाबाट ओमान गएर सो भिषालाइ कामदार भिषामा परिवर्तन गर्ने नपाउने भएको छ । अब भिजिट भिसामा ओमान जानेले भिसा परिवर्तन गरी वर्किङ भिसा बनाउन नपाउने भएका छन्।

ओमानको मस्कटस्थित नेपाली दूतावासले अक्टोबर ३१ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान पुगेपछि भिसाको प्रकार परिवर्तन गर्न नपाउने जनाएको हो।

कसैले ओमानामा भिजिट भिसामा पुर्‍याएर रोजगारी दिलाउँछु भनेर आश्वासन दिएको भए समयमै सचेत हुन समेत दूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय