फोटो:RONB

काठमाडौंको सितापाइलास्थित विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा पार्किङ गरेर राखिएको सेरेसको विद्युतीय एसयूभीमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार बा प्र ०२ ०२९ च ५९५० नम्बरको सेरेसको उक्त विद्युतीय कारमा एक्कासी आगलागी भई धूँवाको मुस्लो निस्कँदा स्थानीयहरु त्रसित भएका थिए।

प्रारम्भिक अनुसन्धानले कारको ब्याट्री सर्ट भएर आगलागी भएको देखाएको छ। आगो नियन्त्रणमा ल्याउन वारुणयन्त्र, प्रहरी, र स्थानीयहरुको सहकार्य भएको थियो। कार पार्किङमा मात्रै राखिएको हुँदा मानवीय क्षति भने हुन पाएन।

उक्त घटनाले विद्युतीय गाडीको सुरक्षा सम्बन्धी प्रश्न उठाएको छ, र यसबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय