काठमाडौ निर्वाचन क्षेत्रका हिसाबले १० वटा निर्वाचन क्षेत्र तोकिएको छ भने त्यस अन्तरगत “क” र “ख” गरि छुट्याइएको छ ।
काठमाडौ क्षेत्र ५ अन्तरगत निर्वाचन क्षेत्रलाई दुईभाग “१ वा क” र “२ वा ख” छुटयाएको छ । जसमा सिङ्गो क्षेत्र अन्तरगत काठमाडौ महानगरपालिका वडा नम्बर २,३,४,५ र बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३,४,५,६,७ र टोखा नगरपालिकाको २,३,४,५,६,७ वडाहरु यस निर्वाचन क्षेत्र अन्तरगत पर्दछ।
१ वा क तर्फको निर्वाचन क्षेत्रमा काठमाडौ महानगरपालिका वडा नम्बर २,४,५ पर्दछ ।
२ वा ख तर्फको निर्वाचन क्षेत्रमा काठमाडौ महानगर ०३, बूढानीलकण्ठ नगरपालिका३,४,५,६,७ र टोखा नगरपालिका २,३,४,५,६,७ पर्दछ ।
काठमाडौ क्षेत्र नम्बर ५ मा जम्मा मतदाता संख्या ५-१ मा २७५६७ जना जम्म क्षेत्रफल ४.४२ ब.कि मि र मतदान केन्द्रहरु ३२ रहेका छन भने ५-२ अन्तरगत ४३३५२ जना क्षेत्रफल २८.८२ ब.कि मि र मतदान केन्द्र ४९ रहेको पछिल्लो निर्वाचन आयोगले प्रकाशन गरेको तथ्यांक छ ।







