बूढानीलकण्ठ  / मिति २०८१ असोज १९ गते बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलमा कालभैरव (आजु द्य:) को प्रतिष्ठापन गरिएको छ । महादेवको भैरव अवतारलाई धर्म र सत्यको रक्षाका लागि महत्त्वपूर्ण मानिन्छ, र यसै धार्मिक मान्यतालाई कायम रहेको भनी धार्मिक ग्रन्थहरुमा कथन रहेको पाइन्छ ।

भैरवलाई महादेवको क्रोधमूर्ति र नाशकर्ताको रुपमा पनि चिनिन्छ, जसले दुष्टताका विरुद्धमा धर्मको रक्षाका लागि यो रूप धारण गरेका हुन्। नेवार संस्कृतिमा भैरवलाई ‘आजु द्य:’ का रूपमा पूजा गरिन्छ। “आजु द्य:” अर्थात् कालभैरव, नेवार समुदायका लागि एक प्रमुख देवता रहेको छ । जसको पूजा नित्य रुपमा गरिन्छ ।

स्थानीय समाजले आजको दिनलाई ऐतिहासिक मानेर विशेष महत्त्वका साथ पूजा अर्चना गरेका छन्। प्रतिष्ठापन कार्यक्रममा पुरोहितहरूद्वारा वेद मन्त्र उच्चारण गरिँदै विधिपूर्वक मूर्तिको पूजा सम्पन्न गरिएको हो ।

यस स्थापना समारोहले स्थानीय संस्कृति र परम्परालाई अझ सुदृढ गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय