जनकपुरधाम, शुक्रबार  /  नेपालका गृह मन्त्री रमेश लेखकले आज जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गरेका छन्। मन्दिर परिसरमा आयोजित विशेष पूजा कार्यक्रममा सहभागी भएको हो ।

मन्त्री लेखकले जनकपुरस्थित धनुषा जिल्ला प्रशासन कार्यालयको नयाँ भवनको शिलान्यास पनि गरे। शिलान्यास समारोहमा स्थानीय अधिकारीहरू र जनसमुदायको उपस्थिति रहेको थियो।

यस अवसरमा स्थानीय भक्तजन तथा मन्दिरका पुजारीहरूले मन्त्रीलाई स्वागत गरे। मन्दिर परिसरमा रहेका भक्तजनहरूले मन्त्री लेखकसँग भेटघाट गर्दै आफ्नो समस्याबारे जानकारी गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय