असार १३ काठमाडौ । उपत्यकामा संक्रमणको जोखिम कायम नै रहेको ले थप एक हप्ता निषेधाज्ञा कायम राखने भएको छ।काठमाडौ जिल्ला प्रमुख कालिप्रसाद पराजुलीका अनुसार संक्रमणमा कमि आएता पनि जोखिम रहेकोले एक हप्ता लम्ब्याउने तयारी गरेको जानकारी दिनु भएको हो।
काठमाण्डौ उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोे छ । हालै थपिएको निषेधाज्ञा भोलि राति १२ बजेदेखि सकिँदै छ । आज तीनै जिल्लाका उपत्यका लगायत भक्तपुर र ललितपुर प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।
अहिले संक्रमण दर र मृत्युदरमा धेरै कमि आएकको हुनाले क्रमश निषेधाज्ञा थप खुकुलो बनाउने बारे छलफल भइरहेको काठमाण्डौका जिल्ला प्रमुखले बताउनुभएको हो । अहिले निजी गाडी र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यस्तै, तरकारी तथा फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ भने पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्दै आएको छ । त्यसैगरी निश्चित समय तोकेर बिकास निर्माणका लागि चाहिने सामानका पसलहरु लगायत अन्य पसल पनि खोल्न दिइएको छ ।
समुहमा भेला हुने सार्वजनिक गाडी, विद्यालय, मल मन्दिर, पार्टीप्यालेस लगायतमा प्रतिबन्ध कायम नै छ ।
अब थप हुने भनिएको निषेधाज्ञामा सार्वजनिक गाडी खुलाउने या नखुलाउने भन्नेबारे हिजो छलफल भएको थियो यातायात मजदुर ,ब्यवसायि ,स्वास्थ मन्त्रालय र जिल्ला प्रमुखा बिच छ्लफल भएको थियोे । विज्ञले सङ्क्रमण जोखिम कायमै रहेकोले सार्वजनिक गाडी खुलाउन हतार नगर्न सुझाव दिएका छन् भने यातायात व्यवसायीले लामो समयदेखि गाडी थन्किँदा ब्यवसायमा समस्यामा परेको भन्दै खुलाउन माग गर्दै आएका छन् ।







