नेपाल राष्ट्र बैंकको विभिन्न पदका लागि जागिरको आह्वान । बैंकले आज मात्र सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ। सहायक निर्देशक ३४ जना , सहायक १३ जना र सहायक सूचना प्रविधि ५ जना गरी ५१ जना विभिन्न पदका लागि आवेदन माग गरिएको हो।

बैंकले उक्त रिक्त रहेका पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुलाई दरखास्त पेश गर्न आह्वान गरेको छ।

मिति २०८१ साल साउन ३२ गतेदेखि उक्त समयावधि भित्र विद्युतीय माध्यम मार्फत दरखास्त फारम पेश गर्न भनिएको हो। विद्युतीय माध्यममार्फत दरखास्त पेश गर्दा न्यूनतम माग गरिएका शैक्षिक योग्यता प्रमाणपत्र लगायत अन्य आवश्यक कागजात पेश गर्न भनिएको छ। आवेदन पेश गर्न सकिने नेपाल राष्ट्र बैंकबाट जारी सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय