जेठ २५ ,काठमाडौ ।मंगलबार नेप्सेमा ५३.४४ अंकले वृद्धि भएको छ लगभग ३००० को हाराहारी मा पुगेको नेप्से अन्तरगत १४९ कम्पनि को शेयरको मूल्यमा वृद्धि भएको छ भने ५४ वटा कम्पनि को मूल्य गिरावट आएको छ र १८ वटा कम्पनि भने कुनै परिवर्तन आएको छैन ।

समग्र बजार मा लगभग १७ अर्ब को कारोबार भएको छ । जसमा २१८ वटा कम्पनी को १ लाख ४९ हजार ७०८ पटक कारोबार हुदा १६ अर्ब ८५ करोड ९९ हजार बराबर को ९ करोड ५७ लाख ३७४ किता खरिदबिक्री भएको छ।

इन्डेक्स/सबइन्डेक्स अन्तरगत होटल तथा पर्यटन , लघुबित र लगानी बाहेक सबै समुह बढेको छ भने जसअन्तर्गत बिकास बैंकमा ९.०३६८ ले सबै भन्दा बढी बढोतरी आएको हो ।                                               यो दिन धेरै कमाउने मा ७ वटा कम्पनी ले १०% को शेयर मुल्य मा वृद्धि गरेको छ। जसमा मुक्तिनाथ बिकास बैंक,हिमाल जेनेरल इन्सुरेन्स , ग्रीन डेभलपमेन्ट बैंक ,गोर्खाज फाइनास ,जानकी फाइनान्स ,सांग्रिला डेभलपमेन्ट बैंक, श्री इनभेस्मेन्ट एण्ड फाइनान्स कम्पनी हरु रहेकॊ छन र २९ वटा कम्पनि को शेयर को मुल्य % भन्दा बढी बढेको छ।
यो दिन मेरो माइक्रोफाइनास को २.८५ % ले धेरै शेयर मुल्य घटेको छ ।

साताको तेस्रो दिन नेपाल पुर्नबिमा कम्पनि को धेरै कारोबार भएको छ सो कम्पनीको १ अर्ब ६६ करोड ४६ लाख ४ हजार ७ सय रुपैयाँ को कारोबार भएको हो।

,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय