न्युँजा पिक्चर्सले आफ्नो नयाँ गित “माया” को चाँडै रिलिजको घोषणा गरेको छ। यो गितको प्रमुख भूमिकामा बिकेश श्रेष्ठ र प्रविना वाइबा रहेका छन्, जसले दर्शकहरूको मन छुने कथा प्रस्तुति रहने छ ।

“माया” को संगीत, गायन र रचना सबिन श्रेष्ठले गरेका छन्, जसले कथालाई गहिरो भावनात्मक तहमा पुर्याउने छ भनी दर्शक आशावादी रहनेप्रती दुईमत नहोला । उक्त गितको अवधारणा र निर्देशन डी-मेश श्रेष्ठले गरेका छन ।

“माया” म्युजिक भिडियोको लागि विभिन्न प्रायोजकहरूको सहयोगमा निर्माण गरिएको हो, जसमा करुणा हस्पिटल,स्टेसन दार्जीलिङ, टिकेश नारायण श्रेष्ठ (वडा अध्यक्ष-१३) एस एन्ड एस हार्डवेयर, जय मा कास्था, लोहिटी रिसोर्ट  न्युँजा क्याफे, नख्त्या, कन्ट्रि साइड रिसोर्ट, सिद्धि विनायक निर्माण सेवा, म्याजेस्टी इटरी, र रिभरसाइड स्पोर्ट्स लगायतका प्रायोजकहरू रहेका छन् साथमा डिजिटल मिडिया पाटनरमा बागमती प्रदेश मिडिया रहेको “माया” म्युजिक भिडियोको ट्रेलर तथा थप अपडेटहरू नहुजा पिक्चर्सको आधिकारिक यूट्युब च्यानलमा उपलब्ध हुनेछ।

चाँडै रिलिज हुने “माया” को म्युजिक भिडियोको न्युँजा पिक्चर्सको यूट्युब च्यानलबाट सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय