नेपालका लागि पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेकी पलेसा गोबर्धनलाई नेपाली कांग्रेसले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ। पलेसाले अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि गर्व गर्नलायक उपलब्धि हासिल गरेकी थिइन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा उनलाई यो सम्मान प्रदान गरिएको हो।
त्यस्तै, पलेसाका प्रशिक्षक कविराज नेगीलाई पनि नेपाली कांग्रेसले डेढ लाख रुपैयाँको पुरस्कार प्रदान गरेको छ। प्रशिक्षक नेगीले पलेसालाई उत्कृष्ट खेलाडी बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यो सम्मान प्रदान गरिएको हो।
समारोहमा शेरबहादुर देउवाले खेल क्षेत्रको विकास र खेलाडीहरूको हौसला अभिवृद्धिका लागि कांग्रेसले सँधै सकारात्मक कदम चाल्ने बताएका छन्। उनले खेलाडीहरूलाई आवश्यक प्रोत्साहन र सहयोग प्रदान गर्न सरकारलाई समेत आग्रह गरे।







