प्रबासी नेपाली एकता मन्च राष्ट्रिय कमिटी दोहा कतारको छैठौं राष्ट्रिय अधिबेसन बाट मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा ४१ सदस्यीय कमिटी सर्वसम्वत निर्वाचित भएको छ उक्त कार्यक्रममा सहभागी हुनको लागि नेपालबाट नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे , सचिव रामकुमारी झाक्री लगायत स्थायी कमिटीसदस्य श्रीप्रसाद साहसमेत कतार प्रस्थान गरेका थिए।
उक्त छैठौं अधिवेशनबाट उपाध्यक्ष नन्द ढुंगाना र रामकुमारी तामाङ (रमी), सचिव रुक ब. रानाभाट, उपसचिवहरुमा दिनेश कटुवाल, सुरज बुढाथोकी र सपना महर्जन सहित ४१ सदस्यीय कमिटी सर्बसम्मत बाट निर्बाचित भएको हो ।
प्रबासी नेपाली एकता मन्च राष्ट्रिय कमिटी दोहा कतार अधिवेशनबाट अनुशासन कमिटी अध्यक्षमा भाइकाजी गुरुङ, निर्वाचन कमिटी अध्यक्षमा रामसागर मेहता र सचिवमा इ. शेष तबरेज आलम , लेखा कमिटिका अध्यक्षमा अमित लम्साल रहेका छन ।
नवनिर्वाचित राष्ट्रिय कमिटी को प्रथम बैठक द्वारा सल्लाहकार परिषद अध्यक्ष गणेश प्र. ढकाल उपाध्यक्ष खगराज अधिकारी, सचिवमा मिनराज वाग्ले र सदस्यहरुमा थम कुमार गिरी, नारायण प्रसाद ढुंगाना, पदम गिरी, संतोष रेग्मी, बिनोद प्रसाद , राजिक शेख, सानोबर जहाँ, अर्सद हुसेन र अब्दुल बासिद सहित १२ सदस्यीय सल्लाहकार परिषदमा निर्वाचित भएको हो ।
सोहि क्रममा निवर्तमान कमिटिका अध्यक्ष रामहरि गैरे एवम का. वा. अध्यक्ष गणेश ढकालले आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गरेको हुँदा उक्त कमिटीलाई धन्यवाद ज्ञापन समेत व्यक्त गरेको थियोे ।







