एमाले माओवादी केन्द्रको गठबन्धन बनेसँगै वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
नयाँ गठबन्धन बनेपनी हाल बनेको नया गठबन्धनमा एमाले तर्फबाट कुनै मन्त्री समावेश भएको थिएन ।
एमाले संसदीय दलका नेता जग्गनाथ थपलियालाई शनिबार मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन् ।
थपलियालाई दोस्रो पटक आर्थिक मामिला मन्त्रीको रुपमा शपथ गराएका हुन् यसअघि २०७९ पुस २६ को सरकार अर्थमन्त्रीका रुपमा रहेका थपलियालाई उनी प्रदेशको निर्वाचनपश्चात् एमाले–माओवादी गठबन्धन हुँदा आर्थिक मामिलामन्त्री भएका थिए । यो सँगै नयाँ गठबन्धनमा आजैबाट एमाले सरकारमा सहभागी भएको छ ।







