श्रावण ,६ काठमाडौ / श्रावण महिना हिन्दुहरुको लागी धार्मिक दृष्टिकोणले महत्वपूर्ण महिनाको रुपमा लिइन्छ,यो महिना भगवान शिबप्रती समर्पित महिना पनि भनिन्छ । प्रत्येक सोमबार अहिले भगवान शिबको मन्दीर बिशेष मेला लाग्ने गर्दछ यसै क्रममा बुढानिलकण्ठ नगरपालिका १३ मा अवस्थित रिखेश्वोर मन्दिरमा विभिन्न ब्यक्तिहरुले भौतिक रुपमा सहयोग गरेको छ।
श्रावण महिना सोमबारको दिन यूवासमाजसेबी तथा सास्कृतिक सम्पदा संरक्षण गर्न अगुवाइ गरिरहेका टिकेस नारायण श्रेष्ठ द्वारा १८ हजार बराबर को घण्टी चढाइएको छन भने अमेरिकामा बसोबास गर्दै आइरहनुभएका सानु श्रेष्ठ बाट २३ हजार बराबरको मन्दीर लाई गजूर र बति लाई सहयोग गरेका छन।त्यसै गरि जय श्रेष्ठ बाट १८ हजारको घण्टी र सानुभाइ श्रेष्ठ बाट ८ हजार बराबर को त्रिशुल डमरू मन्दिर मा चढाइएको हो। 
मन्दिरको गजुर स्थापनाको लागि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठ को प्रमुख आतिथ्यतामा पूजा सम्पन्न गरिएको थियो । यस मन्दिरमा श्रावण महिनाको प्रत्यक सोमबार बेलुका ५ बजे देखी आरती तथा दिप प्रज्वोलन र भजन कार्यक्रम हुने गर्दछ।
श्रावण महिना भरी हुने भजन तथा आरती कार्यक्रममा सबै भक्तजनहरु लाई हार्दिक निमन्त्रणा गर्दै भजन तथा आरती ब्यवस्थापन संयोजक समाजसेबी टिकेस नारायण श्रेष्ठले सबै जनालाई उक्त हुने कार्यक्रममा सरिक हुन अनुरोध पनि गर्नभएको छ।







