बूढानीलकण्ठ – बुढानीलकण्ठ नगरपालिकाको १२औँ नगर स्थापना दिवस–२०८२ को अवसरमा शिशु मिलन इङ्ग्लिस स्कुलले उल्लेखनीय सम्मान प्राप्त गरेको छ। शिक्षाक्षेत्रमा निरन्तर पुर्‍याउँदै आएको योगदान, उत्कृष्ट शैक्षिक वातावरण निर्माण तथा अनुशासित शैक्षिक व्यवस्थापनको उच्च मूल्यांकन गर्दै नगरपालिकाले विद्यालयलाई सम्मान प्रदान गरेको हो।

उक्त विद्यालय बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा अवस्थित छ र स्थानीय क्षेत्रमा शिक्षाको पहुँच तथा गुणस्तर वृद्धि गर्न निरन्तर सक्रिय रहँदै आएको छ। शैक्षिक उत्कृष्टता, व्यवस्थापनको अनुशासन र विद्यार्थीमैत्री वातावरणका कारण विद्यालयले विगतदेखि नै समुदायमा विश्वास अर्जन गरेको छ।

प्राप्त सम्मानले विद्यालय परिवारलाई अझ प्रेरित बनाएको छ। शिशु मिलन इङ्ग्लिस स्कुलले आधुनिक शैक्षिक पद्धति, प्रभावकारी व्यवस्थापन र समावेशी शैक्षिक वातावरणलाई अझ मजबुत बनाउँदै लैजाने लक्ष्य यस अवसरमा व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय