सुवास श्रेष्ठ ।

बुढानिलकण्ठ, काठमाडौ – प्रहरी प्रभाग बुढानिलकण्ठ,सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको संयुक्त आयोजना र गोलीमाण्डु नेपाल अटो मेकानिक ट्रेड यूनियन बुढानिलकण्ठ नगरपालिका वडा १३ को सहकार्यमा आज बिहान बुढानिलकण्ठ मन्दिर परिसरमा जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख उद्देश्य समाजमा स्वच्छता र वातावरणीय सचेतना फैलाउनु रहेको बताएको छ । यस अवसरमा सहकार्यकर्ताको तर्फबाट सरोज श्रेष्ठले नेपाल प्रहरीको योगदानको प्रशंसा गर्दै भने, “जन्मदिने आमाबुबा र घरपरिवार छोडेर हरपल समाजका लागि खटिने नेपाल प्रहरीलाई उच्च सम्मानका साथ धन्यवाद व्यक्त गर्दै हाम्रो स्वच्छता अभियानलाई साथ र सहयोगका निम्ति हार्दिक आभार व्यक्त गर्दछु।”

कार्यक्रममा स्थानिय नागरिक, प्रहरी कर्मचारी, र अटो मेकानिक ट्रेड यूनियनका सदस्यहरूले सामूहिक रूपमा सरसफाई गतिविधिमा भाग लिएका थिए। यस अभियानले बुढानिलकण्ठ क्षेत्रको स्वच्छता र नागरिक सचेतनामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बुढानिलकण्ठका स्थानीय समुदायका प्रतिनिधि र प्रहरी अधिकारीहरूले पनि उपस्थित भएर सरसफाई अभियानमा सहभागिता जनाए।कार्यक्रमले स्थानीय स्तरमा स्वच्छता र सामाजिक उत्तरदायित्वको महत्त्वलाई प्रकट गर्दै, भविष्यमा यस्ता कार्यक्रमहरूको निरन्तरता र प्रभावकारिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय