नेपाल पत्रकार महासंघले राष्ट्रिय परिषद् सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न गरिएको प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले यस घटनालाई प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात भएको भन्दै कडा विरोध जनाएको छ।

 काठमाडौंस्थित हार्दिक होटलमा आयोजित एक छलफल कार्यक्रममा सहभागी रहेका पत्रकार बस्नेतलाई साइबर ब्यूरोका प्रहरीले जबर्जस्ती पक्राउ गर्न खोजेका थिए। तर, कार्यक्रमका अन्य पत्रकारको प्रतिरोधपछि प्रहरीले बस्नेतलाई पक्राउ नगरी फर्किएको बताइएको छ।

नेपाल पत्रकार महासंघले प्रहरीको यस हस्तक्षेपलाई प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रको उल्लङ्घन भएको बताउँदै, सञ्चारसम्बन्धी उजुरी वा गुनासो हेर्ने जिम्मेवारी प्रेस काउन्सिलको भएको स्मरण गराएको छ। प्रहरीले पत्रकार पक्राउको प्रयास गर्नु प्रेस स्वतन्त्रतामाथि खतरा भएको महासंघको धारणा छ। महासंघले घटनाको कडा शब्दमा निन्दा गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय