साउन ,३ काठमाडौ / बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का युवानेता समाजसेवीका साथै बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ नेकपा कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपालका सचिवालय केन्द्रिय सदस्य समेत रहेका टिकेस नारायण श्रेष्ठको परिचय दिदा प्राय यस ठाउँको लागि यो नौलो नाम भने होइन किनकि उहाँ समाजसेवा संगै राजनीतिमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेका युवा समाजसेवि तथा राजनीतिक नेतृत्वकर्ता हुनुहुन्छ ।
समाजमा कोहि कसैलाई समस्या वा अप्ठ्यारो परेको बेलामा त्यस समस्यालाई समाधान गर्न जहिले आफु एक कदम अगाडी रहि सामाजिक कार्य ,जनचेतना मुलक अभियानहरु, सामाजिक अभियानहरु ,संस्कृति-सम्पदा संरक्षण , खेलकुद , राजनैतिक लगायत हरेक गतिविधिमा क्रियाशील रहेका छ्न।
उहाँ सम्झनु हुन्छ कि एक घटनाको बारे समय यस्तो पनि भयो कि देश कोभिडको त्रासमा लकडाउन रहेको बेला अकस्मात कसैको फोन आयो कि केही ब्यक्तिहरु लाई खाधान्नको अभाव भएको खबर पाएको र तत्काल म आफै स्वयम गएर आवश्यक खानेकुरा बोकि ती ब्यक्तिहरु लाई सहयोग गरेको जसलाई आफुले एक अभियान नै चलाउनु पर्छ भनी आवाज उठाएर फुड बैंक सन्चालन नै गर्न प्रेरित गरेको स्मरण गर्नुहुन्छ।
उहाँ कम्युनिस्ट बिचारधारा बोकेका युवा नेताको रुपमा परिचीत रहेका छन । समाजपरिवर्तन बाट नै देश बिकास हुन्छ भनी बिचार राखेर राजनीति संगै समाजसेवा गरिरहेका नेकपा एमाले पार्टीको हरेक क्रियाकलापहरुमा आफ्नो सहभागीता जनाइ आफ्नो भूगोलमा संगठन बिस्तार लाई समेत सशक्त बनाउन सफल रहेका छ्न भने यसका अलावा बामपंथीहरु एकीकरण गर्दा समेत आफ्नो भुगोलमा अहम भुमिका निर्बाह गरेका राष्ट्रिय अभियानहरुमा पनि नजीक भएर पार्टीलाई र पार्टीको बिचार , सिद्धांत लाई युवाहरु माझ पुर्याउन र युवाहरु लाई राजनीति तथा समाजसेवामा सकृय एवम् उत्प्रेरणा गर्न सफल हुनुभएको छ।
लामो समयदेखि चुनिखेल साबिक बुढानिलकण्ठ वडा नम्बर १३ लाई पुर्बाधार बिकास गर्नका लागि आफू प्रत्यक्ष र अप्रत्यक्ष लागिपरेको र तस्को प्रतिफल स्वरुप अहिले यस ठाउँ को भौतिक स्वरुपमा परिवर्तन आएको जसले ब्यवस्थित ढ्ल सहितको बाटो ,खानेपानी ,शिक्षा तथा स्वास्थ जस्ता आधारभुत सुबिधा समेत अहिले यस ठाउँका बासिन्दाले उपभोग गर्न पाएको प्रती आफू गौरवान्वित महसुस गरेको बताउनु हुन्छ। आगामी दिनहरुमा पनि आफुलाइ समाजप्रती थप जिम्मेवारबोध रहि समाज बिकासमा सधैं लागिरहन उहाँ बताउनुहुन्छ र राजनीति मार्फत नै समाजसेवा गर्न लाई राजनेता भनिन्छ भन्ने बिचारले आफू प्रेरित रहेकोले राजनीति मार्फत समाज बिकास गर्न आफू अग्रसर रहेको बिचार राखेका युवा हुन।







