नेपाल प्रहरीका एआईजी वसन्तबहादुर कुँवर नेपाल प्रहरीको ३०औं आईजीपीमा नियुक्त भएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरिक्षकमा नियुक्त गरेको हो । सरकारले चैत ६ गते कुँवरसँगै डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको थियो । एआईजीमा बढुवा हुदाँ शीर्ष स्थानमा रहेका कुवँर डीआईजी बढुवा हुदाँ भने मेरिटको पहिलो नम्वरमा थिए।

शुक्रबार नै नेपाल प्रहरीका ९ जना वरिष्ठ प्रहरी अधिकृतले अवकाश पाएका थिए। प्रहरी आईजीपी धिरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाएका हुन्।

आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहोनी अवकाशमा गएका हुन्। त्यस्तै डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा गएका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पञ्जियार र जनकराज पाण्डेले पनि शुक्रबारबाट अवकाश पाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय