गोकर्णेश्वर ,२०८१ भाद्र ११ – गोकर्णेश्वर नगरपालिकाको नमुना क्याम्पसको रुपमा स्थापित सहयोगी बहुमुखी क्याम्पसले आफ्नो २१औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

क्याम्पसको सञ्चालन परिषद्/ क्याम्पस सभाको आयोजनामा हुने यो कार्यक्रम शनिबार बिहान ७:३० बजेबाट सुरु हुनेछ। सभा क्याम्पसको निर्माणाधीन भवन प्राङ्गण, गोकर्णेश्वर नगरपालिका  ४ हनुमानचोकमा हुनेछ।

कार्यक्रममा क्याम्पसका सम्पूर्ण सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थी, शुभचिन्तक र अन्य सरोकारवालालाई उपस्थित हुन आह्वान गरिएको छ। यस वार्षिक साधारण सभामा क्याम्पसको वार्षिक गतिविधिहरूको समीक्षा गरिनेछ र आगामी योजनाबारे छलफल गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय