स्थानीय निर्वाचनमा गठबन्धन बनाएर जाने कि नजाने भन्ने बिषय लाई लिएर बालुवाटारमा बैठक हुँदै ।स्थानिय चुनावसम्म  गठबन्धनमा जाने या नजाने भनेर अहिले गठबन्धनमा रहेका दलहरुको  बैठक  बालुवाटारमा बसिरहेको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएपछि अहिले  पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।

बैठकमा नेपाली  कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ। विशेष श्रोतका अनुसार अहिले भैरहको  बैठकमा  स्थानीय चुनावमा दलहरु गठबन्धनमा के कसरी अगाडि बढने भन्ने बिषयमा केन्द्रित रहेर छलफल भइरहेको दाबी गरेको छ ।

प्रधानमन्त्री एवंम नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसनेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु  सहभागीमा बैठक बसिरहेका जानकारी प्राप्त भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय