नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औं वार्षिक साधारण सभा आइतबार हुदैछ छ । साधारणसभा केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०ः३ बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष ७६/ ७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साधारण सभा र लाभांश पारितका लागि कम्पनीले फागुन २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पारित र सभामा भाग लिन पाउनेछन् ।
साथै सभाले गत आर्थिक वार्षिक प्रतिवेदन माथि छलफल गरी प्रतिवेदनलाइ पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्न छ ।







