काठमाडौं, आइतबार: लामो समयसम्म नागरिकताको प्रतिक्षामा रहेका “हराएका कथा” पात्र प्रकाशले तामाङ ४१ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन्। इलाका प्रशासन कार्यालयले नागरिकताको सम्पूर्ण प्रक्रिया पूरा गरेर नागरिकता प्रमाणपत्र घरमै पुर्‍याइदिएपछि प्रकाश र उनको परिवारमा खुसी छाएको छ।

 उनी आफ्नो घर कहाँ हो भन्ने थाहा नपाएका र आफ्ना बाबुआमा को हुन् भन्ने जानकारीसमेत नपाएका कारणले गर्दा नागरिकता पाएका थिएनन ।  तर, उनले ४१ वर्षको उमेरमा “हेर्ने कथा”सामाजिक संजालबाट आफ्नो घरसम्म पुगि बुबाआमको पहिचान गरेपछी  अन्ततः  आफ्नो कानुनी पहिचान पाएका छन्, जसले गर्दा राज्यले प्रदान गर्ने सुविधा उपभोग गर्ने योग्य हुनेछ ।

छेकम्पारबाट सानो छँदा नै पैसाको खोजीमा हिँडेका प्रकाश, जो आफ्नो घर र बाबु-आमालाई नै नचिन्ने अवस्थामा थिए, उनीप्रति राज्यले देखाएको यो सदाशयताको प्रशंसा भएको छ। इलाका प्रशासन कार्यालयले प्रकाशको नागरिकता समस्याको समाधान गर्दै उनलाई घरमै नागरिकता पुर्‍याएको हो।यसलाई सरकारको सकारात्मक कदमका रूपमा हेरिएको छ।

 प्रकाश तामाङ (काले मोक्तान) इलाका प्रशासन कार्यालय दिङ्ला भोजपुरको षडानन्द नगरपालिका–१० साङ्पाङ् छाप्ले गाउँस्थित घरमै पुगेर  इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले नागरिकता प्रदान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय