अनमोल केसीले आफ्नै बुवा भुवन केसीलाई ढोगेको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। अनमोलले शनिबार साँझ लण्डनमा आयोजित यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) कार्यक्रममा सर्वोत्कृष्ट नायकको अवार्ड जितेपछि बुबाको खुट्टा ढोगेका थिए। यो घटनाको तस्विर र भिडियो अहिले टिकटकमा भाइरल भएको छ, जसलाई धेरैले ‘संस्कारी हिरो’ र ‘ज्ञानी छोरा’ भन्दै सामाजिक सञ्जालमा तारिफ गरिरहेका छन्।

लण्डनको ग्रिनफोर्ड हलमा आयोजित उक्त कार्यक्रममा अनमोलले फिल्म ‘फर्की फर्की’ बाट सर्वोत्कृष्ट नायकको अवार्ड जितेका थिए। अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै उनले आफ्नो बुबा, नेपाली चलचित्र क्षेत्रका प्रसिद्ध अभिनेता समेत कहलिएका भुवन केसीको सम्मान गर्दै खुट्टा ढोगे। यसै क्रममा उपस्थित दर्शकहरूले उनको यो भावुक क्षणको तस्विर र भिडियो खिचेर सामाजिक सञ्जालमा शेयर गरेका थिए।

उक्त कार्यक्रममा भुवन केसीलाई पनि नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्‍याएवापत लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। यो घटनाले नेपाली चलचित्र क्षेत्र र समाजमा सम्मान र संस्कारको गहिरो सन्देश प्रवाहित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय