काठमाडौ  । आइतबार राति अनामनगरस्थित मदन भण्डारी कलेज अगाडि एउटा ट्याक्सी धोबिखोलामा खसेको छ। घटनाबारे प्रहरी वृत्त, सिंहदरबारका डीएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्।

प्रहरीका अनुसार, ट्याक्सीमा चालक मात्र सवार थिए, र उनलाई भाटभटेनी नजिकैबाट सकुशल उद्दार गरिएको छ। ट्याक्सी चालकको उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ।

ट्याक्सीलाई खोलाले बगाएर सूर्यकार्पेट नजिकै करिडोरको थापाथली-बानेश्वर जोड्ने पुलमुनि अड्किएको अवस्थामा फेला पारिएको छ। अहिले ट्याक्सी निकाल्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय