अनेरास्वबियू कोटेश्वर बहुमुखी क्याम्पस गठन भएको छ ।  आइतबार भएको विद्यार्थीहरूको भेलाले  शैलेन्द्र श्रेष्ठ संयोजक  रहेको २५ सदस्यीय क्याम्पस कमिटी  गठन भएको हो ।

नवगठित कमिटीको  सह – संयोजकमा सुरेन्द्र ताम्राकार र सह – संयोजक कृति बम ठकुरी ,सचिवमा रामबहादुर बस्नेत रहनु भएको छ । यस्तै समितिको सदस्यहरूमा राजेश कुमार गुप्ता , अनिल कार्की, प्रमोद गेलाल ,आदित्य खड्का ,कृतम बराल आर्यन आपगाई ,क्युमिन लिम्बू  कपिल घिमिरे ,बिपना थापा ,  बसन्त कार्की रहनु भएको छ । यसै गरी सदस्यहरूमा प्रविण खड्का , कामना खड्का उमा गिरी ,सपना विष्ट ,सन्तोष खड्का , पारस मैनाली , शिवराम कार्की , बिपन पाण्डे ,नरेन्द्र सेन्चुरी , दुर्शन खत्री रहनु भएको छ ।

अनेरास्वबियू केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं स्ववियु सभापति माधव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय परिषद सदस्य दिनेश घिमिरे विशेष अतिथि  रहनु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय