शुक्रबार बिहान ९ः३० बजे नदीपुर-३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको र अवस्था केही गम्भीर रहेको उनले बताए । नदीपुरका प्रहरी इन्चार्ज अनुराग चन्दले पनि घटनाबारे पुष्टि गरेका थिए ।
उक्त घटनाको विषयलाई लिएर पोखरा महानगरका मेयर धनराज आचार्यले सामाजिक संजाल मार्फत जानकारी गराइ घटनाप्रती दुख व्यक्त गरेका छन ।
अभिनेता घिमिरेले पशुपति प्रसाद लगायत विभिन्न चलचित्रहरुमा अभिनय गरिसकेका छन ।







