बलिउड अभिनेता आमिर खान आज बिहान विपस्यना ध्यानगर्ने उद्देश्यले नेपाल आएका छन् । विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ ।
बलिउड अभिनेता खान बिहानको समयमा भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन ।उनी बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन नेपाल आएको जनाइएको छ ।
बलिउडमा तीन खान मध्य अमिर खानलाई मिस्टर पर्फेक्ट पनि भन्ने गर्दछ । मिस्टर पर्फेक्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्याेतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।







