काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यलयले जारी गरिएको सुचना अनुसार अमेरिका लगायतको देशमा पठाईदिन्छु भनी बूढानीलकण्ठ बस्ने रकम ठगी गर्ने व्यक्ति पक्राउ परेको छ । ललितपुर कुपण्डोल स्थाई वतन भई का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. ८ ओमनगर बस्ने वर्ष ४४ को राजेश थापाले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु.२५,००,०००/- ( अक्षेरुपी पच्चीस लाख रुपैयाँ ) लागछ सम्बन्धित देशमा पुगेपछि मासिक ३ लाख तलव हुनु को साथै ग्रिनकार्ड, पी. आर. र हङकङ आई.डी. समेत बनाईदिने भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरि जम्मा रु. १,६२,०६,०००/- (अक्षेरुपी एक करोड बैसठ्ठी लाख छ हजार रुपैयाँ) रकम लिई भनेको समयभित्र नपठाए पछि पटकपटक सम्पर्क गर्दा समेत सम्पर्क विहिन भई ठगी गरेको भनी यस कार्यालयमा जाहेरी दरखास्त परेपछि निज राजेश थापाको खोजतलास गर्ने क्रममा यस कार्यालयको प्रहरीटोलीले निज राजेश थापालाई मिति २०७१।०९।१३ गते का.जि.का.म.न.पा. वडा नं. २६ लैनचौरबाट पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ (१) र (२) बमोजिमको कसूरमा कानुनी कारवाही गरी सोही सहेताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाईएको । भनि जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।







