दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कांग्रेसले चियापान गर्न लागेको हो।नेपाली कांग्रेसले आज चियापान कार्यक्रम गर्दैछ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम आज हुने छ भने दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म उक्त चियापान कार्यक्रम हुनेछ।
चियापान समारोहमा कांग्रेसले विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू लगायतलाई आमन्त्रण गरेको छ।







