स्थानीय तह निर्वाचन अन्तर्गत आज राति १२ बजेबाट मौन अवधि लागु हुँदैछ । स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते हुँदैछ। निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उम्मेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

मौन अवधिभर निर्वाचन प्रचार–प्रसार गर्न नपाइने ,कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न प्रतिबन्ध लगाउने, राजनीतिक दल तथा उमेदवारको पक्ष/विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जानकारी दिएको छ त्यसैगरी सामाजिक संजालबाट कसैको प्रचार गर्न र भ्रामक सूचना प्रवाह गर्न नपाइने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता पालन भए/नभएको अनुगमनका लागि अनुगमन टोली पनि आयोगले परिचालन गरेको छ । उक्त टोलीले उल्लंघकर्ता जो सुकै भए पनि कारबाही गर्नसक्नेछ । आयोगले मुख्यमन्त्रीदेखि मेयरका उमेदवारसम्मलाई स्पष्टिकरण सोधिसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन्

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय