काठमाडौँ: सन् २०२४ को आठ महिनाको अवधिमा नेपालमा सात लाखभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, जनवरीदेखि अगस्तसम्म ७लाख २० हजार ,३३४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

अगस्त महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएको र यसले गत वर्षको तुलनामा ८.३ प्रतिशतले वृद्धि भएको देखिएको छ। सन् २०२३ को अगस्तमा ६७ हजार १५३ जना मात्र पर्यटक नेपाल आएकोमा यस वर्षको सोही महिनामा ५ हजार ५६६ बढी पर्यटकले भ्रमण गरेका हुन्।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार, छिमेकी मुलुक भारत र चीनलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू प्राथमिकताका साथ अगाडि बढाइएका छन्। उहाँले आगामी दिनमा यी दुई देशसहित अन्य मुलुकबाट पनि उल्लेख्य संख्यामा पर्यटक आउने विश्वास व्यक्त गर्नुभएको छ।

अगस्त महिनामा भारतबाट सबैभन्दा धेरै २५ हजार ८३२ पर्यटक आएका छन् भने, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट ४हजार ८५१ र बङ्गलादेशबाट ३ हजार ७७ पर्यटक नेपाल भित्रिएका छन्।

      अघिल्लो वर्षको तुलनामा बृद्धि
तथ्यांक अनुसार, सन् २०२२ को अगस्तमा ४१हजार ३०४, सन् २०२१ मा ६हजार ०९३, र सन् २०१९ मा ९४ हजार ७४९ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए, जसले पछिल्ला वर्षहरूमा नेपालमा पर्यटकको संख्यामा क्रमिक वृद्धि देखाएको छ।

नेपालको पर्यटन उद्योगले आगामी दिनमा अझ बढी सफलताको अपेक्षा गरिरहेको छ, विशेषत: छिमेकी मुलुकहरूसँगको सहकार्य र पर्यटन प्रवर्द्धनको सशक्त अभियानले यसको प्रभावकारीता बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय