आयो तपाईंको मोबाइलमा MDMS एसएमएस सम्बन्धि सूचना ।के हो यो MDMS भनेको ? यस्तो छ दुरसन्चार प्राधिकरणले निकालेको सुचना …।
मोबाइल सेटको गैरकानूनी आयात,विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट MDMS Mobile Device Management System (MDMS)
प्रणाली लागु गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। आज मिति २०७९ भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः MDMS प्रणालीमा दर्ता हुने व्यवस्था मिलाईएको छ।२०७९ भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्नु हुन अनुरोध छ। साथै, मोबाइल आयातकर्ता/विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितिरण गर्नुहुन जानकारी गराईन्छ।







