काठमाडौं – इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित विशेष समारोहमा एक दर्जनजति युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ। ती युवायुवती बालेन शाहको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर समारोहमा भाग लिन आएका थिए।

समारोह सुरू हुनुअघि नै बालेन शाहका समर्थकहरूको उपस्थिति बढ्दै गएको थियो। केही युवायुवतीहरूले बालेनको नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर प्रवेश गर्दा प्रहरीले उनीहरूलाई तत्कालै समारोहस्थलबाट फर्काएको हो। प्रहरीका अनुसार ती युवायुवतीलाई समारोह स्थलबाट केही पर लगेर छोडिएको थियो, तर उनीहरू को हुन् र कहाँबाट आएका हुन् भन्ने बारेमा भने खुल्न सकेको छैन।

प्रहरी स्रोतले बताए अनुसार प्रधानमन्त्री केपी ओलीको विरोध हुनसक्ने आशंका गरिएकोले सुरक्षा सतर्कता बढाइएको थियो। काठमाडौँ महानगर प्रमुख बालेन शाह अहिले काठमाडौँमा नभई भारतको बेङ्गलोरमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय