भदौ२३,काठमाडौ/बागमती अन्लाईन खबर           २१औ इन्द्रबहादुर तामाङ स्मृती दिवसको उपलक्ष्यमा बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

यहि २०७८ साल भदौ २५ गते बिहान ८ बजेदेखि १२ बजे सम्म बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ को गोल्फुटार बास्केट कोर्टमा नेकपा एमाले बुढानिलकण्ठ वडा ८ को शाखा कमिटी तथा मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठ नगरकमिटिको संयुक्त आयोजनामा उक्त बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

 

इन्द्रबहादुर तामाङको संक्षिप्त जिबनी।

महाँकाल गाउँ बिकास समितीको प्रथम निर्बाचित अध्यक्ष इन्द्रबहादुर तामाङले २०४९ सालको चुनाबमा बिजय भइ बिजय पश्चात काठमाडौंको उत्तरभेगका एक प्रभावसाली नेताको रूपमा रहेको थिए। बिकासप्रेमी नेताको समेत परिचय बनाएका उहाले हालको अवस्थामा आइपुग्न महत्वपूर्ण भुमिका रहेको थियो।

इन्द्रबहादुर तामाङले साबिकको बुढानिलकण्ठ वडा ८ विभिन्न बिकासका पुर्बाधार लगायत सास्कृतिक-सम्पदा निर्माण तथा संरक्षण गर्न महत्वपूर्ण भुमिका निर्बाह गर्नु भएको थियोे । उहाँको २०५७ भाद्र २५ गते हृदयघातका कारण देहावसान हुनुभएको थियो। उहाँको समाज बिकासमा पुर्याउनु भएको योगदान,स्मृति र सम्झनामा हरेक बर्ष रक्तदान एबम श्रद्धाञ्जली सभा आयोजना हुदै र गर्दै आइरहेको छ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय