एप्पलले हालसालै आफ्नो नयाँ आईफोन श्रृंखला आईफोन १६ प्रो  र आईफोन १६ प्रो म्याक्स´ सार्वजनिक गरेको छ। यी फोनहरूमा प्रविधिको नवीनतम उपलब्धिहरू र आकर्षक डिजाइन प्रस्तुत गरिएको छ। आईफोन १६ प्रो´ मा ६.३ इन्च´ को डिस्प्ले र `आईफोन १६ प्रो म्याक्स´ मा ६.९ इन्चको डिस्प्ले रहेको छ। फोनमा धेरै पातलो बेजेल्स रहेको छ, जसले स्क्रीनलाई ठूलो र स्पष्ट बनाउँछ।

यी फोनमा ए१८ प्रो चिप´ प्रयोग गरिएको छ, जसले फोनको गति २० प्रतिशत´ छिटो बनाउनेछ। यससँगै `१७ प्रतिशत´ बढी मेमोरी ब्यान्डविथको सुविधा छ, जसले प्रयोगकर्तालाई गेमिङ, भिडियो सम्पादन, र अन्य उच्चस्तरीय कार्यहरूमा उत्कृष्ट अनुभव दिनेछ।

फोटोग्राफीका लागि, यी फोनहरूमा ४८ मेगापिक्सेल´को मुख्य क्यामेरा प्रणाली रहेको छ, जसले उत्कृष्ट गुणस्तरको फोटो खिच्न सक्षम बनाउँछ। साथै, यसमा `५ गुणा टेलिफोटो क्यामेरा´को सुविधा पनि रहेको छ, जसले लामो दूरीबाट पनि स्पष्ट फोटो खिच्न सकिन्छ।

आईफोन १६ प्रो र प्रो म्याक्स दुबै ब्ल्याक, ह्वाइट, डेजर्ट, र नेचुरल टाइटेनियम रंगमा उपलब्ध हुनेछन्। अमेरिकामा आईफोन १६ प्रो को मूल्य ९९९ डलर बाट सुरु हुनेछ भने आईफोन १६ प्रो म्याक्स को प्रारम्भिक मूल्य ११९९ डलर हुनेछ। यी फोनहरू सेप्टेम्बर १३ बाट प्रि-ऑर्डर गर्न सकिनेछ र बजारमा  सेप्टेम्बर २० । बाट उपलब्ध हुनेछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय