कोशी प्रदेशमा नेकपा एमालेद्वारा सरकारमा सहभागी नहुने भएको छ।

कोशी प्रदेश सरकारमा सहभागि भएको १९ दिनपछि बाहिरिएको नेकपा एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिन कानुनी जटिलता देखाउँदै तत्काल फिर्ता नलिने भएको हो ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारबाट बाहिरिएपछि अब प्रतिपक्षमा बस्ने बताए । सरकारलाई दिएको समर्थनका बारेमा पछि निर्णय गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय