भर्खरै (एसईइ) माध्यमिक शिक्षा परिक्षाको नतिजा सार्बजनिक भैसकेको छ । नतिजा सार्बजनिक सङ्गै विद्यार्थीले कति जिपिए ल्याए कुन कुन बिषयमा उच्च माध्यमिक शिक्षाको लागिको अध्ययन गर्ने सम्बन्धि अन्योल भने छाएको देखिएको छ।
पाठ्यक्रम बिकास केन्द्रले निर्धारण गरेको भर्ना सम्बन्धि ब्यवस्थालाई आधार मान्ने हो भने कक्षा ११ मा बिज्ञान बिषय अन्तरगत रहेको भौतिक बिज्ञान,रसायन, जिवबिज्ञान तथा गणित बिषयका लागि अध्ययन गर्नको निमित्त माध्यमिक शिक्षा नतिजामा “C+ ग्रेड” प्राप्त गरि समग्र नतिजामा न्युनतम १.६ जिपिए प्राप्त गरेको हुनुपर्ने निर्धारण गरेको छ।
एसईइमा १.६ जिपिए ल्याउने सबैजना विद्यार्थीले ११ कक्षामा भर्ना हुअन पाउने भएको छ।बिज्ञान बिषयमा तिनवटा बिषय तथा गणितमा बाहेक अन्य बिषय अध्ययन गर्न चाहने १.६ जिपिए हासिल गरेको हुनुपर्ने तर बिषयगत ग्रेडको कुनै बाध्यकारी नभएको कुराको राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय बाट जानकारी दिएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार तत्कालका लागि कक्षा ११ मा भर्ना हुन नपाउने अर्थात ०.८ देखि १.२ देखि जिपिए ल्याउने विद्यार्थी ३ हजार २ सय जना विद्यार्थी रहेको छ।







