“ए मेरो हजुर ४” नेपाली फिल्मको टेलर २०२२ रिलिज भएको छ।बुढा सुब्बा डिजिटल नामक युटुवब च्यानल बाट रिलिज गरिएको उक्त चलचित्र सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति सुनिलकुमार थापाको निर्देशन र झरना थापाको फिल्म रहेको छ।

“ए मेरो हजुर” नेपाली चलचित्र उद्योगमा सफल तथा नेपाली दर्शकहरुले मनपराएको चलचित्र अन्तर पर्दछ। फलस्वरूप यो चलचित्रको अहिलेसम्म आउँदा आज २४ घण्टा नबित्दै यो चलचित्रको टेलर करिब २ लाख ३० हजार भन्दा बढी हेरिसकेको छ भने नेपालको युटुवब ट्रेन्डिङ्ग भिडियो अन्तरगत ५ औं मा पर्ने सफल भएको छ।

“ए मेरो हजुर ४” मा मुख्य भुमिकामा नेपाली चलचित्रका नायक अनमोल केसी तथा नायिका सुहाना थापा रहेकोे छ भने कथा झरना थापाको रहेकोे छ।त्यसै गरि उक्त चलचित्रमा संगीत दिएको छ वसन्त सापकोटा,आशिष अविरल,कल्याण सिङ,प्रतीक पौडेल,उदयराज पौडेल तथा सहायक निर्देशनमा उदयराज पौडेल नै रहेका छन।

सार्बजनिक गरिएको टेलरमा नेपालको हिमाली भुभागको आकर्षक दृश्य प्रस्तुति गरिएको छ भने भिएफसको पनि कहिकतै प्रयोग गरिएको उक्त रिलिज गरिएको टेलर करिब १ मिनेट ४५ सेकेन्डको रहेकोे छ। आगामी बर्ष अर्थात २०७९ बैशाख १ गते बाट नेपालको सिनेमा हलमा लाग्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय