कर्णाली प्रदेश सरकारले आगामी साउन २५ गते शुक्रबारको दिन सार्वजनिक बिदा दिने भएको छ।

साउन २५ गते शुक्रबार नागपञ्चमीको अवसरमा उक्त सार्वजनिक विदा दिन लागिएको हो।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै उक्त विधाको घोषणा गरिएको हो। सूचनामा भनिएको छ। मिति २०८१ साउन २५ गते शुक्रबार नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थितको सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक विदा दिने पनि कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदबाट मिति २०८१ साल १ महिना १७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैलाई जानकारी भन्दै उक्त सूचना जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय