काङ्ग्रेसको ढोकसामा राष्ट्रपति पर्ने अङकगणितिय जित निश्चित जस्तो अवस्था बन्दै गर्दा एमालेका अध्यक्ष के पि शर्मा लगायत विभिन्न दल सङ्ग छलफल सुरु गरेको छ। ओलिको राष्ट्रपतिको विषयलाई लिएर भनेको एक भनाइ चर्चित छ । काङ्ग्रेस लगायतका नेकपा एकीकृत समाजवादीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको बिश्वासको मत दिदा केपि ओलिले ढोकसामा थापेको बताएका थिए ।
फलस्वरूप अहिले राष्ट्रपतिको निर्वाचन नजिकिदै जादा राष्ट्रपति काङ्ग्रेस नेतृत्वको गठबन्धनबाट जित लगभग निश्चित जस्तो देखिएको छ भने केपि ओलिले भने जस्तो काङ्ग्रेस नेतृत्वको गठबन्धन पुर्न ब्युतेको छ भने ढोक्सामा राष्ट्रपति पर्ने पिरले पनि होला अहिले के पि ओलिले विभिन्न दललाई औपचारिक पत्र पठाएर नै एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई मत हाल्न अपिल गर्दै हिडेका छ्न ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलको सांसदहरूको आज बिहिबार प्रशिक्षण दिइँदैछ ।रोयल बैंक्वेट तीनकुनेमा हुने प्रशिक्षण कार्यक्रममा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सांसदहरूलाई उपस्थित हुनेछन् ।कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार दिउँसो १ बजेदेखि उक्त प्रशिक्षण प्रारम्भ हुनेछ ।
प्रशिक्षणमा नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रि समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासहित सांसदहरूको उपस्थित रहनेछन् ।







