काठमाडौँ, असोज — काठमाडौँवासीले यस वर्षको दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। मेलम्ची खानेपानी आयोजना अन्तर्गत काठमाडौँमा मेलम्चीको पानी वितरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो।

परियोजना अधिकारीहरूले काठमाडौँका विभिन्न स्थानमा पाइपलाइन मर्मत तथा वितरणको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। दशैँको चाडमा काठमाडौँ उपत्यकामा पानीको बढ्दो मागलाई ध्यानमा राख्दै मेलम्चीको पानी वितरणका लागि विशेष प्राथमिकता दिइएको छ।

यसअघि मेलम्चीको पहिलो चरणको पानी वितरणमा आएको अवरोधका र भुकम्पबाट पनि विभिन्न ठाउँमा अवरोध आएको कारण उपत्यकावासीले अपेक्षाकृत रूपमा पानी नपाएका थिए। तर, अब आयोजना व्यवस्थापनले यस पटकको पानी वितरणलाई सुनिश्चित गर्न ठोस कदम चालेको बताएको छ।

सरकारले काठमाडौँको दीर्घकालीन पानी समस्या समाधानका लागि मेलम्ची आयोजना सुरु गरेको भएपनि प्राविधिक चुनौती र प्राकृतिक प्रकोपका कारण यसले लामो समय लिएको थियो। अब भने मेलम्चीको पानी नियमित रूपमा आपूर्ति गरिने जनाइएको छ।

यससँगै उपत्यकामा पानीको समस्या केही हदसम्म समाधान हुने र काठमाडौँवासीले दशैँको शुभ अवसरमा मेलम्चीको पानी प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय