काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहले पछिल्लाे अवस्थामा पनि अगाडि नै छन्। पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन्।
यस्तै दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ७ हजार ३७७ मत ल्याएका छन्। बालेनले स्थापितसँग ६ हजार ३८४ मतको अग्रता लिएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार ५३५ मत ल्याएकी छन्।
अहिले काठमाडौंको वडा नम्बर, ३, ४, ५, ६, २९, ३०, ३१, ३२ को मतगणना भइरहेको छ। अघिल्लो जस्तै यी वडामासमेत बालेनले अग्रता कायमै राखेका हुन्।







