काठमाडौं । भदौ २४ गते काठमाडौंको बौद्धस्थित पाँचतारे होटल हायत रिजेन्सि (क्यासिनो प्राइड) बाट १४ करोड रुपैयाँ नगद लुटिएको घटना सम्बन्धमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार, पक्राउ परेका व्यक्ति दावासेठी (४२, काठमाडौं बौद्ध) र रञ्जित खड्गी (२९, बूढानीलकण्ठ) हुन्।

तीन महिना लामो अनुसन्धानपछि उनीहरूलाई हिरासतमा लिएर काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा दावासेठीले यसअघि पाँच पटकसम्म पक्राउ परेको र मुद्दा चलेको तथ्य भेटिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध आपराधिक उपद्रव र डाँकाको कसुरमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय