कार्तिक १३ काठमाडौ
काठमाडौं महानगरपालिका वडा नं. १९ इन्द्र सभा सामुदायिक भवन पुन:निर्माणको समुदघाटन प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठबाट गर्नुभयो ।
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत इन्द्र सभा सामुदायिक भवन पुनः निर्माण कार्यको भयो ।
माननीय जीवनराम श्रेष्ठले स्थानीय जनताको सक्रियताको प्रशंसा गर्नुभयो र पुनः निर्माण कार्यमा संलग्न सबै जनसमुदायलाई धन्यवाद दिनुभयो।
स्थानीय जनसमुदायको माग अनुसार निर्माण कार्यको लागि काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरिएको थियो ।







