समाजवादी मोर्चा नेपाल काठमाण्डौको संयोजन समिति गठन भएको छ । बिहीबार भएको मोर्चा आवद्ददलहरूको भेलाले मोर्चा गठन गरेको हो ।
मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एल पी श्रेष्ठ र ध्रुव न्यौपाने नेकपा माओवादी केन्द्रबाटसंजय लामा र महेश्वर फुयाल नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी जनता समाजवादीबाट अजित पुतुवार एक जना पछि थप गर्ने गरी गठन भएको छ । समिति गठन कार्यक्रममा समाजवादी मोर्चा नेपालका केन्द्रीय सदस्य सचिव तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा प्रमुख अतिथि हमालले मोर्चा गठन र उदेश्यमाथि प्रकाश पार्दै निर्देशनात्मक मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा समाजवादी मोर्चा नेपाल बाग्मती प्रदेश संयोजक तथा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल, नेकपाका तर्फबाट मोर्चाका वाग्मती सदस्य सन्तोषिसी,जसपाको तर्फबाट मोर्चाका बाग्मती प्रदेश सदस्य तथा जसपा वाग्मती अध्यक्ष जय गोले सहित नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा काठमाण्डौइञ्चार्ज वसन्त मानन्धरको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मोर्चा वाग्मतीका संयोजक सावित्रा भुसालले वाग्मती प्रदेश भित्र मोर्चाको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । मोर्चाको संयोजनको जिम्मेवारी पाएको नेकपा एकीकृत समाजवादीले पहिलो ४ महिना संयोजनको जिम्मेवारी सम्हाल्ने बताईएको छ । समाजवादी मोर्चा नेपालले यही कार्तिक १९ गते रसुवा जिल्ला संयोजन समिति गठन गर्ने तयारी गरेको मोर्चाका वाग्मती संयोजक भुसालले बताउनु भयो ।







