काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा सिंहलाई यो जिम्मेवारी सुम्पिएको हो। यस अवधिमा उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्रीका दैनिक प्रशासनिक कामकाज सम्हाल्ने छन्।

महासभामा सहभागी हुन ओलीले नेपालको राजनीतिक, आर्थिक, र सामाजिक क्षेत्रका मुख्य मुद्दाहरूमा अन्तर्राष्ट्रिय मञ्चमा चर्चा गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय