कालीगण्डकीमा खस्यो यात्रुबाहक बस,१७ जना यात्रु घाइते ।मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको यात्रुबाहक बस बुधबार बिहान ८:३० बजे थासाङ गाउँपालिका–३ थम्पु सडकमा दुर्घटना भएको छ। सो बस बेनी–जोमसोम सडकबाट करिब ४५ मिटर तल कालिगण्डकी नदीमा खसेको सो बस दुर्घटनामा १७ जना यात्रु घाइते भए ।
बसमा दुई भारतीयसहित १७ जना यात्रु थिए । जसमध्ये १० जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने सामान्य घाइतेको लेते प्राथमिकत स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको प्रहरी र स्थानीयबासीले कालिगण्डकी नदीबाट उद्दार गरेका थिए ।
बस कालीगण्डकी नदिमा उतानो परेको अवस्था छ। गाडिलो दुर्घटनाको मुख्य कारण बस चालकले नभै सहचालकले चलाएको कारण दुर्घटना भएको श्रोतले जानकारी गराएको छ।







