बूढानीलकण्ठ नगरपालिकामा किर्ते मतदाता नामावली समावेश गरिएको भनिएको बिषयमा नेकपा एकीकृत समाजवादीले पनि बैठक गम्भीर र व्यापक छलफल गरिएको थियोे भने आफ्नो औपचारिक धारण ल्याउने तयारी गरिएको भनी बुझिएको छ। आज भाद्र २२ नेकपा एकीकृत समाजवादी काठमाडौ क्षेत्र नम्बर ४ (ख) को बैठकमा समेत पार्टीले औपचारिक धारणा स्वरुप प्रेश विज्ञप्ति निकाल्ने तयारी गरेको हो ।

बूढानीलकण्ठ नगरपालिकाको विभिन्न वडाहरुमा किर्ते मतदाता प्रकरणको बिषयमा नेपाली काङ्ग्रेसले कार्वाही स्वरुप निर्वाचन आयोग कार्यलयमा निवेदन दिएसगै निर्वाचन कार्यलयमा बूढानीलकण्ठ नगरपालिका र वडाहरुलाई पत्र काटेपछि मेयर तथा उपमेयर सहित वडाअध्यक्षहरु उपस्थित भएको थियो ।

उक्त बिषयमा बूढानीलकण्ठ नेकपा एमालेको अगुवाइमा कार्यकर्ता लगायत मेयर र उपमेयर सहित निर्वाचन कार्यलयमा उपस्थित भएको थियो भने उनिहरु सङ्गै गएका केही कार्यकर्ताहरुले असन्तुष्ट पोख्दै तोडफोड समेत गरेको थियोे । बूढानीलकण्ठ नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु हुन।

नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगरपालिकामा स्थानिय तहको निर्वाचनमा तेस्रो शक्तिको रूपमा मत प्राप्त गरेको थियोे ।आज भएको उक्त पार्टीको बैठकमा सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित लाई ब्यवस्थित गर्नको लागि बूढानीलकण्ठ नगरपालिकामा सर्बदलिय राष्ट्रिय राजनीतिदलका प्रतिनिधि सहित बनिसकेता पनि बूढानीलकण्ठ नगरपालिकाको १३ वटा नै वडामा राष्ट्रिय राजनैतिक दलका प्रतिनिधि सहितको कार्यदलका लागि धेरै वडामा सम्बन्धि वडा कार्यलय पत्राचार समेत नगरिएको भनी बैठकमा सो बिषयले प्रवेश पाएको थियो ।

बैठकमा नेकपा एकीकृत समाजवादिका केन्द्रिय सदस्य कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यमा केन्द्रिय बिभाग सदस्य लगायत जिल्ला कमिटीका र क्षेत्रका प्रतिनिधि सहितको उपस्थित रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय