ललितपुरको कुपण्डोल–पुल्चोक सडक खण्डमा हिमालय होटल नजिक शनिबार दिउँसो साढे १ बजे सडकमा भ्वाङ परेको छ।

स्थानियहरुका अनुसार विस्फोटको ठूलो आवाजपछि सडक भासिएको हो । जसका कारण मेलम्ची खानेपानी आयोजनाको पाइपबाट पानीको बाढी बग्न थाल्यो।

घटनालगत्तै संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपाने, सडक विभाग ललितपुरका डिभिजन प्रमुख गोपाल खकुरेल लगायतका अधिकारीहरू डोजरसहित घटनास्थलमा पुगे। पाइपलाइनको चुहावट नियन्त्रणका लागि केयूकेएलले सो क्षेत्रको पानी आपूर्ति बन्द गरेपछि सडक विभागले मर्मत कार्य सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय