कुलेखानी जलाशयमा लगातारको वर्षाका कारण पानीको सतहले सतर्कता सीमा नाघेपछि शनिबार बिहानै बाँधको एउटा ढोका खोलिएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले उक्त जानकारी दिदैँ, ढोका खोलेर करिब ४० सेमि पानी बाहिर निकालिएको बताए। पानीको निरन्तर प्रवाहका कारण अन्य ढोका पनि खोल्नुपर्ने सम्भावना रहेको उनले उल्लेख गरे।

बाँध खोलिएपछि बागमती नदी आसपासका क्षेत्रमा सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ। प्रभावित हुनसक्ने अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग समेत निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।

कुलेखानीको पानी सिस्नेरी खोलामार्फत बागमती नदीमा मिसिने हुँदा इन्द्रसरोवर, भिमफेदी, बागमती गाउँपालिका तथा सिन्धुलीको हरिहरपुरगढी र रौतहटको नुनथर क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ।

जोखिम उच्च रहदा पनि कुलेखानी जलविद्युत केन्द्रले निरन्तर विद्युत् उत्पादन गरिरहेको छ, जसलाई विद्युत प्राधिकरणले ‘ब्याक अप’ स्रोतको रूपमा प्रयोग गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय